उपेन्द्र यादव: राजेन्द्र महतोले ढाँटेर नेपाली नागरिकता लिएका हुन्।

Sharing is caring!

असार ०१

काठमाडौँ ,मंगलबार संघीय समाजवादी फोरम नेपालका अध्यक्षले आफ्नो एक अन्तर्वार्तामा यादवले राजेन्द्र महतो भारतीय नागरिक भएको र उनले कीर्ते गरी नेपाली नागरिक लिएको खुलासा गरेका छन् ।

राजेन्द्र यस्ता व्यक्ति हुन् जो अंगीकृत नागरिक भइकन नेपालको मन्त्री बने । त्तिमात्रै होइन् मधेसको अधिकारका लागि आन्दोलन भन्दै तराईकै जनतालाई दुःख दिइरहेका छन् भन्दै खुलासा गरे। उनले पहिला आफूले नागरिकता लिएको र पछि आफ्ना बुवाको पनि नेपाली नागरिकता बनाइदिएको बताइन्छ । यो आशंकालाई मधेसमा धेरै लामो समयदेखि राजनीति गर्दै आएका उपेन्द्रको खुलासाले पुष्टि गरेको छ ।

अहिले नेपालमा चुनावको विरोधमा फेरि आन्दोलन गर्न खोजिरहेका राजेन्द्रलाई काउन्टर दिँदै उपेन्द्रले तराई मधेसमा जनताले चुनाव चाँहेको र वहिष्कार गर्ने सबै समाप्त हुने पनि टिप्पणी गरेका छन् । ‘नेपाली जनता चुनाव चाहन्छन्,’ उपेन्द्र भन्छन्– ‘पारीबाट मान्छे ल्याएर चुनाव रोक्न खोज्नेलाई जनताले डन्डा लगाएर लखेट्छन् ।श्रोत :दैनिक नेपाल

Leave a Reply

shares