कुवेतमा मृत्यु भएकी सुमित्राको शव नेपाल अझै पठाउन सकिएन।

Sharing is caring!

असार ०७

काठमाडौँ। करिव १ महिना अगाडी कुवेतमा ज्यान गुमाएकी सुमित्रा जबेगु लिम्बुको शव नेपाल पठाउन कठिन भएको छ । घरेलु महिला कामदारको रुपमा ६ वर्ष अघि कुबेत गएकी झापाकी ४१ बर्षिया सुमित्राको गत मे २८ तारिख मृत्यु भएको थियो । बिरामी भएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएकी सुमित्राको अस्पतालमै मृत्यु भएको थियो ।

अहिले उनको परिवार र आफन्तसंग सम्पर्क हुन नसक्दा उनको शब नेपाल पठाउन गारो भएको हो । सुमित्रा जबेगु लिम्बुले पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुअरी २७ तारिख जारी गरिएको ०६३४६६७४ नम्बरको मृतकको राहदानीमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा – ३ झापा जनाइएको छ ।

मृतक सुमित्रा जबेगु लिम्बुको नेपाली नागरिकता नं- ०४०१(६९(१०४२० रहेको छ।हाल उनको शवलाई कुवेतको अस्पतालमै राखिएको छ । हाल सम्म पनि मृतकको घरपरिवार तथा आफन्तजनसंग सम्पर्क हुन नसक्दा शवलाई नेपाल पठाउन नसकिएको कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

Leave a Reply

shares