पासपाेर्टमा मानिस, जनावर र बुबाको अनुहारको चित्र छोराले बनाइदिएपछि कोरियामा बुवा अलपत्र ।

Sharing is caring!

असार १६

काठमाडौँ।पासपाेर्टमा मानिस, जनावर र बुबाको अनुहारको चित्र छोराले बनाइदिएपछि अहिले चार वर्षे बालकको बुबा दक्षिण कोरियामा नै रोकिएका छन् । एउटा चार वर्षको बालकले आफ्नै बुबालाई अप्ठेरोमा पारेका छन् । ती बालकले बुबाको पासपाेर्टमा चित्र कोरेपछि समस्या निम्तिएको हो । 

चार वर्षे बालकको परिवार दक्षिण कोरिया भ्रमणमा व्यस्त थियो भने भ्रमणमै रहँदा ती बालकले आफ्नो बुबाको चिनियाँ पासपाेर्टको पछिल्लो पानामा कालो कलमले केही चित्रहरु कोर्न भ्याएका थिए । पासपोर्टमा चित्र कोरिएका कारण उनको कागजात प्रस्ट नदेखिँदा अधिकारीहरुले छोरालाई लिएर घर जान नसक्ने र भ्रमण टुङ्ग्याउन चेतावनी दिएका छन् । 

ती बालकका बुबाले सहयोग माग्दै सामाजिक सञ्जाल वीवो मा पासपोर्टमा कोरिएको चित्र सेयर गरेका छन् । पासपोर्टमा ती बुबाको नाम चेन मात्र देख्न सकिन्छ । अव उनले बाँकी छुट्टी चिनियाँ दूतावासमा बिताउन सक्ने बताइएको छ ।   

Leave a Reply

shares