अब नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मेवारी विदेशीलाई दिइने।

Sharing is caring!

असार २४

काठमाडौँ,नेपाल वायुसेवा निगम व्यवस्थापनको जिम्मेवारी विदेशीलाई दिइने भएको छ। त्यसका लागि निगमकै पूर्वनायब प्रबन्ध निर्देशक राजुबहादुर केसीको संयोजकत्वमा समोबार समिति बनाइएको छ। समितिले व्यवस्थापन करारको आशयपत्र बनाउने कार्यादेश पाएको छ। समितिमा निगमकै कर्पाेरेट, फाइनान्स, कमर्सियल विभागका प्रमुख र एक प्राविधिक सदस्य छन्।

दुइटा वाइड बडीको २४ अर्ब र पुरानासमेत गर्दा ३७ अर्ब ऋणको किस्ता तिर्न नसकेर निगम संकटमा छ। निगमका अध्यक्ष मदन खरेलले विदेशी व्यवस्थापनबाट निगमको आर्थिक सुदृढ हुन सक्ने अपेक्षा राखे। व्यवस्थापन करार’का माध्यमबाट निगम भित्रका केही विभागको नेतृत्व सम्हाल्न विश्वव्यापी बोलपत्र गरी विदेशी व्यवस्थापन साझेदार कम्पनी भित्राउने तयारी भइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

Leave a Reply

shares