पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदै र राजदूत निवासमा बस्ने।

Sharing is caring!

असार २४

पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राज्य अमेरिकाको भ्रमण गर्दै छन् । उनी तीन दिने भ्रमणमा लागि जुलाई २१ मा अमेरिका पुग्ने छन्। भ्रमणका क्रममा प्रधानमन्त्री खानले महंगा होटलको साटो वासिङट्नस्थित पाकिस्तानी राजदूतको निवासमा बस्न चाहेको समाचारपत्र डनले उल्लेख गरेको छ।

प्रधानमन्त्री खान राजदूत निवासमै बस्ने इस्लामवादको प्रस्तावलाई यी दुबै निकायले प्रभावकारी ठानेका छैनन्। पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्।

अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्। राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने तयारी भइरहेको छ। पछिल्लो समय आर्थिक संकटसँग जुधिरहेको देशलाई अलिकति भए पनि आर्थिक भार कम गर्न इमरानले यस्तो गर्न लागेको समाचारमा उल्लेख छ।

गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्। खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले फड्को मार्न सकेको छैन।

Leave a Reply

shares