साउदीको जेद्धामा रहेको दूतावासको सहयोगमा तीनजना नेपाली महिलाको उद्धार

Sharing is caring!

असार २४

रियाद ,साउदीको जेद्धामा रहेको दूतावासको सहयोगमा तीनजना नेपाली महिलाको उद्धार गरी नेपाल पठाएको छ। महिलाहरू आइतबार ओमान एयरलाइन्सको स्थानीय समय अनुसार बिहानको २:३० बजेको उडानबाट नेपाल पठाएको जनाप्रगतिशील मोर्चा जेद्दाका इन्चार्ज कैलाश मैनालीले जानकारी दिए ।

पीडितहरुका बारेमा इजरायलमा रहेकी शरिन तामाङले सामाजिक सञ्जालबाट जानकारी गरेको मैनालीले बताए । मैनालीका अनुसार पीडितहरुलाई यसअघि साझ मञ्चले समेत उद्धारको कोसिस गरेका थिए । उद्धार भएकीहरू दोलखा भिमेश्वर नगरपालिका-८, की पशुपति कार्की, गोर्खा आरुघाट गाउँपालिका-१, की शर्मिला गुरुङ र धादिङ थार्के गाउँपालिका-७ घर भएकी प्रमिला तामाङ रहेकी छिन् ।

पीडितहरू जेद्दास्थित रहेको स्सेन्टिफिक एन्ड मेफिकल इक्युपमेन्ट हाउस (scientific and mefical equipment house) नाम गरेको कम्पनीका लागि झण्डै एक वर्षअघि काठमाडौको शान्तिनगरमा रहेको गूड सर्भिस इन्टरनेसनल मेनपावरबाट साउदी आएका बताइन् । कम्पनीले तोकिए बमोजिम सेवा सुविधा नदिएको र पछिल्लो ३ महिना यता आफूहरू बिरामी हुँदा समेत कम्पनीले वास्त नगरेपछि सम्बन्धित निकाय र अभियान्तहरुसँग हारगुहार मागेकी बताइन् ।

Leave a Reply

shares