पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र अफ्रिकी नागरिक लाई बिक्रि।

Sharing is caring!

असार २७

काठमाडौँ, पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) एक अफ्रिकी नागरिकलाई बिक्रिगरिएको भेटिएको छ। दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई-सिई (ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ) को नक्कली सर्टिफिकेट लिएको फेला परेको छ ।

सर्टिफिकेटमा विश्वबिद्यालयको रजिष्टर नम्बर ०१८-३-२ -०११०१-२००४ उल्लेख छ भने बिश्वबिद्यालयका चान्सलरको हस्ताक्षर छ। तर नाम भने उल्लेख छैन। उनि २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ।

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ। एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर २००८ मा बिई उतिर्ण भएको सर्टिफिकेटमा देखिन्छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

Leave a Reply

shares