भारतलाई किन गाली गरेको भन्दैँ राजपा मैदानमै उत्रिएपछि….

Sharing is caring!

असार २९

काठमाडौँ , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति भएको छ।

उक्त बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३र३ जना, धादिङ र सिन्धुलीमा २र२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १र१ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

राजपा नेपालका अध्यक्ष झा भन्छन भारतले आफ्ना नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो’, शनिबार रिपोर्टर्स क्लबमा झाले भने, ‘हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।’ मधेसमा भने भारतले बाँधको ढोका नखोल्दा नेपाली भूमि डुबानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा ‘इण्डिया गो ब्याक’ भन्ने अभियान नै चलाइएको छ।

झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने प्रवृत्ति गलत भएको बताए । उनले भारतले आफ्ना जनताको सुरक्षाका लागि बाँध बाँधेको भन्दै नेपालले पनि किन बाँध नबाँधेको भन्दै प्रश्न गरे । झाले भारतलाई सराप्नु बेकारको कुरा भएको टिप्पणी गरे ।

Leave a Reply

shares