इंग्ल्याण्डले पहिलो पटक जित्यो विश्वकपको उपाधि।

Sharing is caring!

असार ३०

काठमाडौँ,इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।

विश्वकप क्रिकेटको उपाधि विजेता टोली इंग्ल्याण्डले ४० लाख अमेरिकी डलर पुरस्कार आफ्नो हातमा परेको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक बढी हो । यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८/८ लाख डलर पाउनेछन् ।

यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

Leave a Reply

shares