१५ बर्ष पहिले साउदी पुगेका सिराहा जिल्ला मिर्चैयाका राजकुमारको मृत्यु।

Sharing is caring!

साउन ०२ जेद्दा ,बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा १५ बर्ष पहिले साउदी पुगेका सिराहा जिल्ला मिर्चैयाका राजकुमार कापरको मृत्यु भएको छ । मृतक राजकुमार साउदीको पूर्वी प्रान्त अलखोबरको अलराखामा रहेको नासिर हज्जा अल सुवेइ एण्ड ब्रदर्स नामक कम्पनीमा सहायक ल्याब टेक्निसियनका रुपमा कार्यरत थिए ।

सो कम्पनीमा कार्यरत गौतम कापरका अनुसार दिउँसोको खाना खादै गर्दा एकासी ढलेपश्चात अस्पताल लगेको थियो । अस्पतालको ईमेर्जेन्सीमा पुर्‍याएको केहीबेरमै डक्टरले गत १४ जुलाई २०१९ का दिन हृदयघातका कारण मृत्यु भएको घोसणा गरेका थिए ।

मृतक कापरको शव अहिले अस्पतालमै रहेको र केही दिनपश्चात नेपाल पठाउन त्यहाँ कार्यरत नेपालीहरुले पहल गर्ने जानकारी दिए । नेपाल दूतावासका पूर्व क्षेत्रका कर्मचारी हरिप्रसाद घिमिरे कम्पनीमा आई आबश्यक जानकारी लिएको छ, किरात राई यायोक्खा शाखा साउदीका उप महासचिव तथा अन्तर संस्था समन्वय समिति दमामका जनसम्पर्क संयोजक राई रबिन थुलुङ्गले जानकारी दिए ।

Leave a Reply

shares