मलेसियामा रहेका अवैधानिक श्रमिकहरू ७ सय मलेसियन रिङ्गेट तिरेर आफ्नो देस फर्कन सक्ने।

Sharing is caring!

साउन ०३

काठमाडौँ ,मलेसियामा रहेका अवैधानिक श्रमिकहरू ७ सय मलेसियन रिङ्गेट तिरेर आफ्नो देस फर्कन सक्ने भएको छ । मलेसियाको गृहमन्त्रालयले अवैधानिक श्रमिकहरूलाई स्वदेश फिर्ती कार्यक्रम ‘प्रोग्राम ब्याक फर गुड’ घोषणा गरेको छ ।

मलेसियाका गृह मन्त्री  मुह्यिद्दिन यासिनले विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दे कार्यक्रमको जानकारी गराएका हुन् । यो कार्यक्रम आगामी अगष्ट १ देखि डिसेम्बर ३१ तारिखसम्म रहनेछ। मलेसियन सरकारले ल्याएको यो कार्यक्रमले मलेसियामा रहेका हजारौँ अवैधानिक नेपाली कामदारलाई फाइदा पुग्नेछ।

यो कार्यक्रमको समय अवधि समाप्तिपछि नयाँ वर्षसँगै अवैधानिक कामदार र रोजगारदाता दुवैलाई कडा कानुन बनाई अध्यागमनले कारवाही सुरु गर्ने पत्रकार सम्मेलनमा गृहमन्त्री यासिनले बताए ।

स्वदेश फिर्तीको लागि अध्यागमनलाई ७ सय मलेसियन रिङ्गेट कम्पाउण्ड तिरी, राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाई एक साता भित्र आफ्नो देश फर्कन पाउने खबर  द इस्टार अनलाईनले छापेको छ ।

Leave a Reply

shares