कोरियामा झण्डै १ हजार २ सय नेपाली अवैधानिक बसे,चिनियाँ कामदार सबैभन्दा बढी
साउन २९
काठमाडौँ ,विना कागजात तथा भिसा नभएका विदेशीको २ लाख २० हजारभन्दा धेरै रहेको अनुमान अध्यागमन विभागको छ । कोरियामा १०.८ प्रतिशत विदेशी श्रमिक अवैध रुपमा बसेर काम गरिहेको त्यहाँको अध्यागमन विभागले जनाएको छ ।
कोरियमा रहेका अवैधानिक कामदारमध्ये चिनियाँहरु मात्रै ४७.६ रहेका कोरियाको अध्यगमन विभागले जनाएको छ ।चिनियाँपछि भियतनामी ७ .७ अमेरिकी ७.३, थाई ५ प्रतिशत र फिलिपिनी २.८ प्रतिशत गैरकानूनी कामदारहरु कोरियामा कार्यरत छन् ।
त्यस्तै, रोजगारीका लागि कोरिया गएका नेपाली कामदारहरु पनि अवैध रुपमा बस्न क्रम बढेको कोरियास्थीत नेपाली दूतावासले जनाए सगै आगामी वर्षको कोटा पनि अवैधानिक बसेको संख्यालाई हेरेर निर्धारण गरी कोटा नेपाल पठाउने भएकोले अवैधानिक संख्या घटाउन कोरिया सरकारले ध्यानाकर्षण गराउने गरेको दूतावासले जानकारी दिएको छ ।