कतारमा बंगलादेशको नागरिक र नेपाली बिचको झगडामा १ जनको मृत्यु , ५ घाइते।

Sharing is caring!

साउन ३०

काठमाडौँ,रोजगारीका लागि कतार गएका नेपाली नागरिकमाथि आक्रमण भएको छ । कतारको दोहामा रहेको जैदा पार्कमा ६ जना नेपाली माथि आक्मण भएको हो । आक्रामणबाट १ को मृत्यु भएको एवं अन्य ५ गम्भिर घाइते भएको नेपाली राजदूतावासले जनाएको छ । आक्रमणमा परि मृत्यु हुनेमा सुनसरी घर भएका तबरेज अन्सारी रहेका छन् भने अन्य घाइतेहरु पनि सुनसरीकै रहेको जनाइएको छ ।

हातहतियार सहितको बंगलादेशका नागरिकहरुको आाक्रमणमा परी सुनसरी जिल्ला हरिनगर गाउँपािलका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो । घाइते हुनेहरुमा उमर अन्सारी,इब्राहिम अन्सारी र नैसाद अन्सारी खतरामुक्त रहेको तथा घाइते मध्ये उमर अन्सारीको अवस्था गम्भिर रहेको कतार स्थित नेपाली दुताबासले जनाएको छ ।

घटनापछि दुतावासले सबै नेपालीलाई होसियार रहन आग्रह गरेको छ ।

Leave a Reply

shares