बिदेशमा कार्यरत कामदारले रोजगारको लागि कम्पनी परिवर्तन गर्दा उक्त कम्पनीले उपदान दिने।

Sharing is caring!

भदौ ०३

दोहा- वैदेशिक रोजगारीका लागि कतार गएका विदेशी श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्दा उक्त कम्पनीले उपदान दिनुपर्ने भएको छ ।

कतारको कानुन मन्त्रालयले विदेशी श्रमिकले आफु कार्यरत कम्पनी परिवर्तन गर्दा, छोडदा तथा कम्पनीले निकल्दा इन्ड अफ सर्भिस (ग्राचुइटी) अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । ग्राचुइटीलाई नेपालमा उपदान भनिन्छ ।

कतारको कानुनअनुसार एक वर्षभन्दामाथि रोजगार गरी कम्पनी परिवर्तन गर्दा, रोजगारदाताले निकल्दा र कामदारले नै छोडदा यो सुविधा पाउन छन् ।ग्राचुइटीमार्फत कम्पनीले कम्तीमा तीन हप्ता बराबरको तलब सुविधा र २१ दिनको बिरामी खर्च श्रमिकलाई दिनुपर्ने जनाइएको छ ।

हाल कतारमा ४० लाखभन्दा धेरै विदेशी श्रमिक कार्यरत रहेका छन् । जसका ५ देखि ७ लाख नेपाली रहेको सरकारी अनुमान छ ।

Leave a Reply

shares