नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक आजबाट सुरु।

Sharing is caring!

भदौ ०४

काठमाडौँ ,नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजबाट सुरु हुँदै छ । आज र भोलि राजधानीमा चल्ने बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ ।

सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाईएको छ।

दुई दिने नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुने बताइएको छ ।

Leave a Reply

shares