मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिक लाई घर फर्काउने गुड फर व्याक कार्यक्रम तिव्र गतिमा।

Sharing is caring!

भदौ ०४

काठमाडौँ ,मलेशियामा अवैधानिक रुपमा बस्दै आएका विदेशी नागरिक लाई घर फर्काउने गुड फर व्याक कार्यक्रम तिव्र गतिमा बढाएको छ। मलेशियाले ७ सय रिंगिट जरिवाना तिरेर स्वदेश फर्किन दिनेगरी सुरु गरेको व्याक फर गुड कार्यक्रममा नेपालीहरु उल्लेख्य संख्यामा सहभागि हुन थालेका छन् ।

यसका लागि मलेसियामा रहेका सबै देशको दूतावासहरुले आफ्नो देस फर्कने मानिसहरुको फर्म भरिदिने, अध्यागमन कार्यालय लैजाने तथा ल्याउने लगायतको व्यवस्था गरेको छ । मलेशियाका विभिन्न शहरहरुमा प्रहरीको व्यापक खोजतलाश सुरु भएको छ । प्रहरीको खोजतलाश कार्यक्रम अन्तर्गत एकै दिनमा अवैधानिक रुपमा बस्दै आएका १ सय ६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

मलेसिया प्रहरीका अनुसार सो अभियान क्वालालम्पुरका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको थियो । २ सय ८ जनाको चेकजाँचका क्रममा १ सय ६ जनासँग वैधानिक रुपमा बसोवासको अनुमति नभएको पाइएको प्रहरीले जनाएको छ । 

मलेसियाको स्थानीय सञ्चार माध्यमहरुका अनुसार यसरी पक्राउ पर्नेहरुमा ५ जना नेपाली सहित ४३ जना म्यानमार, ३२ जना वंगलादेश, १२ जना भारत, ९ जना ईण्डोनेशिया, २ जना नाइजेरिया, २ जना श्रीलंका तथा एक जना पाकिस्तानी नागरिक रहेका छन् ।

यसैगरी कुनै पनि अन्य व्यक्तिलाई स्वदेश पठाइदिने नाममा कुनै रकम नदिन र त्यस्ता व्यक्ति मार्फत प्रकृया नगर्न समेत मलेसियाका सबै दूतावासहरुले सजग गराएको छ । मलेशियास्थीत दूतावासले यस कार्यक्रममा सहभागि भएर १० हजारको हाराहारी नेपाली स्वदेश फर्किने अपेक्षा गरेको छ ।

Leave a Reply

shares