अफगानिस्तानको सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए।

Sharing is caring!

भदौ ०५

काठमाडौँ ,अफगानिस्तानको सरकारी फौजले उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिए भने उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।

अफगानिस्तानको अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए । सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीले जानकारी दिएका छन्।

Leave a Reply

shares