घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीको बाटो खुल्यो।

Sharing is caring!

भदौ ०५

काठमाडौं, वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

यसअघि वैदेशिक रोजगारीमा गएका घरेलु कामदारहरु असुरक्षित रहेको भन्दै श्रम समितिले निरीक्षण गरेरै ४ वर्षअघि घरेलु काममा जान रोक लगाएको थियो। तत्कालका लागि वैदेशिक रोजगारमा गएका कामदारलाई स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिबद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली नियोग (राजदूतावास)को सिफारिस भएमा पुनः स्वीकृतीको व्यवस्था मिलाउने निर्णय भएको छ।

श्रम समितिका सभापति अध्यक्ष श्रीवास्तवले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, महिला बालबालिका समितिको सिफारिसमा नेपालबाट श्रम स्वीकृती लिएर गएका घरेलु कामदारलाई पुनः नेपाल फर्किएर सोही कामका लागि घरेलु काममा जान अनुमति दिन निर्णय गरेको जानकारी दिए।

पुनः श्रम स्वीकृतीको विषयमा श्रम समिति पटक पटक अनिर्णित हुँदै आएको थियो। सांसददेखि व्यवसायीले घरेलु कामदारको श्रम स्वीकृती खोल्न लबिङ गर्दै आएका थिए। ठकमा मन्त्री गोकर्ण विष्टले घरेलु कामदारको असुरक्षामा क्रमिक सुधार आउँदै गरेको बताउँदै अब स्थलगत अनुगमन गरेर मात्र घरेलु कामदारलाई पठाउन प्रस्ताव गरेका थिए। अहिलेलाई वैदेशिक रोजगारमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृती मात्र दिइएको कुरा छलफलभएको छ।

Leave a Reply

shares