बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली सिनेमाहलमा।

Sharing is caring!

भदौ २७

काठमाडौँ,नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाडौं आइपुगेकी छिन् । 

आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको वि श्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । 

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

Leave a Reply

shares