जोर्डनमा जारी एएफसी यू–१६ छनोट दोस्रो खेलमा नेपाल कुवेतसँग बराबरी।

Sharing is caring!

भदौ ३१

काठमाडौँ,जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा ल्याए । प्रतियोगितामा विभिन्न ४८ राष्ट्रले भाग लिएका छन् । जसलाई ११ समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष हुने टोली सन् २०२० मा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० ले पराजित भएको थियो । पहिलो खेलमा कुवेतले श्रीलङ्कालाई हराएको थियो । अब नेपालले तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै उत्कृष्ट चार उपविजेताले पनि अन्तिम प्रतियोगिताका लागि अवसर पाउनेछ । रासस

Leave a Reply

shares