यू-१८ साफ च्याम्पियनसिप खेलमा आज नेपाल र भुटान भिड्दै।

Sharing is caring!

असोज ०५

काठमाडौँ।साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह ‘ए’मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।

काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई रहेको छ ।

नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।

भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।

नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।

Leave a Reply

shares