दुबई सडक दुर्घटनामा परी ६ नेपाली र २ अन्य देशका नागरिकको मृत्यु।

Sharing is caring!

असोज १४

काठमाडौँ,दुबइको शेख मोहम्मद बीन जाइद रोडमा भएको सडक दुर्घटनामा ६ जना नेपाली नागरिकसहित आठजनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा परी मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोख्रेल, दिपक विक र नयराम साउद रहेको छ। दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये दुई जना गम्भीर रहेको र अन्य चार घाइते सामान्य छन्। घाइतेको उपचार राशिद अस्पतालमा भइरहेको दुबइ प्रहरीले बताएको छ।

Leave a Reply

shares