संयुक्त राष्ट्र संघको महासचिव र परराष्ट्रमन्त्री ज्ञवाली विच भेट बार्ता।

Sharing is caring!

असोज १४

काठमाडौं- नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। राष्ट्र संघको ७४औ महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्रि ज्ञवालीले सोमबार महासचिवसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्र संघको आगामी चैत २१ र २२ गते हुने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा नेपालले अहिले सम्म हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रिया जस्ता विषयमा उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आफ्नो विचार प्रस्तुत गर्नेछ।

नेपालको विकासका साझेदार, अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वलगायत समाजका सबै वर्गलाई नियमित रुपमा नेपालमा संवाद गराइ समस्याहरूको समाधान गर्ने भएको छ।

Leave a Reply

shares