ब्रा नलगाउने अभियानमा दक्षिण कोरियाली अभिनेत्री सु ली पनि अभियन्ता।

Sharing is caring!

असोज १६

काठमाडौँ,ब्रा नलगाउने अभियानमा दक्षिण कोरियाली अभिनेत्री सु ली पनि अभियन्ता भएर अभियान चलाईरहेकी छिन् । नो ब्रा ह्यासट्याग’ यतिबेला सोसियल मिडियामा ठूलो अभियान बन्दै गइरहेको छ । दक्षिण कोरियाली अभिनेत्री तथा गायिका शु लीले गरेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राम अकाण्टमार्फत् ब्रा नलगाएको आफ्नो तस्वीर शेयर गरेकी थिइन् । त्यसैले हेर्दा हेर्दै उनको तस्वीर भाइरल भयो । यससँगै उनी दक्षिण कोरियामा ब्रा मुक्त अभियानकी प्रतीक बनिन् ।

अधिकांश महिलाहरू ब्रा नलगाउने अभियानको समर्थनमा छन्, तर पुरुषहरूको घुरेर हेर्ने बानीले गर्दा उनीहरू ब्रा नलगाई सार्वजनिक स्थान जान सक्ने अवस्था नरहेको समेत बताउँछन् । यसका लागि उनीहरू दक्षिण कोरियाका पुरुषहरूको लगातार घुरेर हेर्ने बानीलाई समस्या ठान्छन् ।

यो अभियान केवल दक्षिण कोरियाको राजधानी सियोलमा मात्रै सीमित छैन । यसले २२ वर्षीया डिजाइनर तथा छात्रा ना ह्यून लीलाई समेत प्रभावित गरेको छ । ना ह्यूनले एक पपअप ब्राण्ड हिप्पी सुरु गरेकी छन् । २८ वर्षीया अर्की युवती डाके युनले भनेकी छिन्, ‘म गायिका शु लीको अभियानबाट अत्याधिक प्रेरित छु । अचेल त्यतिबेला मात्रै ब्रा पहिरिन्छु जतिबेला म कार्यालयमा बोससँग हुन्छु । तर जब म आफ्नो ब्वायफ्रेण्डसँग हुन्छु, तब ब्रा पहिरिन्नँ ।

सन् २०१३ मा फ्रान्सको राजधानी पेरिसमा महिलाहरूले समेत सडकमा ब्रा फ्याँक्दै स्तन क्यान्सर विरुद्ध जागरण अभियान चलाएका थिए । सन् १९६० को दशका ब्रा जलाउने अभियान महिलाहरूबीच निकै लोकप्रिय भएको थियो । यो एउटा सांकेतिक विरोध थियो । त्यतिबेला धेरै महिलाहरूले ब्रा जलाएनन्, तर विरोध जनाउनको लागि बिना ब्रा सडकमा निस्किएका थिए । साभार :नेपालीपत्र बाट

Leave a Reply

shares