साउदीमा केटा केटी सँगै बस्नको लागि कुनै नाता प्रमाणितका पत्रहरु पनि पेश गर्नुपर्ने छैन।

Sharing is caring!

असोज २१

काठमाडौँ,विवाहित विदेशी जोडीले होटेलमा सँगै कोठा लिनका लागि कुनै नाता प्रमाणितका पत्रहरु पनि पेश गर्नुपर्ने छैन। साउदीले पर्यटक भित्र्याउनका लागि नयाँ नियम लागु गरेको र, अब सजिलैसँग पर्यटक भिसा पनि पाइने भएको छ।

पर्यटन तथा राष्ट्रिय सम्पदा आयोग साउदीले जारी गरेको एउटा विज्ञप्तीमा भनिएको छ ‘विदेशी पर्यटकहरुका लागि विवाह दर्ताको प्रमाणपत्र जरुरी छैन। होटलमा एउटा आइडी देखाएर साउदीसहित सबै महिलाहरुले अब एक्लै पनि होटेल बुक गर्न सक्नेछन्।

लामो समयदेखि संसारकै निकै ‘कडा’ कानुन रहँदै आएको साउदी अबका राजकुमार मोहम्मद बिन सलमानले एकदमै पुरातनवादी राज्यको मान्यतालाई केही परिवर्तन गर्न खोजेका छन्। नयाँ भिसाको नियमअनुसार महिलाहरुले अब पूरै शरीर छोप्नेगरी कपडा लगाउनुपर्ने छैन तर, सामान्य कपडाहरु भए धेरै राम्रो हुने पनि अपेक्षा गरिएको छ।

Leave a Reply

shares