चिनियाँ राष्ट्रपति सी जिनपिङले आउने २५ गते नेपाल भ्रमण गर्ने।

Sharing is caring!

असोज २२

काठमाडौँ, चिनियाँ राष्ट्रपति सी जिनपिङले आउने २५ गते नेपाल भ्रमण गर्ने टुङ्गो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति यहि असोज २५ मा काठमाडौं आउने जानकारी दिएको छ ।

करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ भने सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने बताईएको छ ।

चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सीले नेपालका वरिष्ठ राजनैतिक नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । त्यस्तै सीले चीनबाटै पनि आफ्नो सुरक्षाको निम्ति आफ्ना सुरक्षाकर्मी ल्याउनेछन् ।


Leave a Reply

shares