आजको राशिफल २०७६ साल कार्तिक १७ गते आईतवार नेपाल सम्बत ११३९ सन् २०१९ नोभेम्बर ०३ तारिख।

Sharing is caring!

कार्तिक १७

काठमाडौँ,काठमाडौँ,काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुनेछ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । बिहानको समयमा सवारी चलाउदा ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्त तथा घर भित्रकै मानिस सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ ।

Leave a Reply

shares