ओलीले उपनिर्वाचनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने

Sharing is caring!

कार्तिक २१,

काठमाडौँ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पार्टीका नेताहरुले समेत उनलाई आराम गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदमा रहेका ओलीलाई अहिले दुवै जिम्मेवारी पुरा गर्न गाह्रो भैरहेको र प्रधानमन्त्रीबाट राजीनामा दिएर कुर्सी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिने उनको तयारी रहेको स्रोतको दावी छ ।

नेकपा स्रोतको जानकारी अनुसार ओलीले उपनिर्वाचनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन् । आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्यनिर्वाचन अधिकृतको कार्यालय, जिल्लाको सदरमुकाममा र स्थानीय तह को हकमा कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

shares