आज कालापानी र लिपुलेक मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिदै।

Sharing is caring!

कार्तिक २२

काठमाडौँ। आज सुक्रबार दिनको ठिक ११ बजे कालापानी र लिपुलेक मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गर्ने ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाले जनाएको छ । भारतले लिम्पिया धुरादेखि लिपुलेकसम्म नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश गरेको छ । ग्रेटर नेपालका माेर्चाका संयाेजक फणिन्द्र नेपालले नेपाली भूमि भारतमा सामेल गराएर नक्सा सार्वजनिक गर्नु भारतको हेपाह प्रवृति र नेपाल सरकारकाे लाचारीपन भएको बताए । 

दुई देस बिचको सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । सोही कालीनदी नै नेपाल–भारतको सिमाना हो । तर भारतले पटक-पटक त्यस क्षेत्रलाई आफ्नो देशमा पार्नका लागि कोशिस गर्दै आएको छ । अघिल्लो वर्ष पनि सोही भूमिलाई आधार बनाएर भारत र चीनले मुख्य नाका खाेल्ने काेशिस गरेका थिए । उक्त समयमा पनि नेपालमा विवाद भएको थियो । नेपालमा विवादपछि भारतले साे कुरालाई सच्याएको थियो । तर भारतले उक्त क्षेत्रमा तीन सय ७२ वर्गकिलोमिटर नेपाली भूमि मिचेको छ ।

नेपालको भूमि मिचेर सार्वजनिक गरेकोमा भारतीय नक्सामा अरु देशहरु पनि समावेश गरिएको छ । जसलाई पाकिस्तानले भारतको यो हर्कतको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएको छ । यसै गरी नेपालका विवेकशील नेपाली दल सहित अन्य दलहरुले पनि विरोध जनाउँदै आएको छ ।

यसको सन्दर्भमा नेपाली काँग्रेसले सरकारको धारणा माग्दै दुबै भूमि नेपालको अभिन्न अंग भएको भन्दै कांग्रेसले यसमा उठाइएको प्रश्न अस्वीकार्य भएको बताएको छकांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै सरकारको धारणा सार्वजनिक गर्न र सरकार गम्भीर पहल गर्न समेत माग गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेकलाई भारतीय भूमिका रुपमा देखाइएको छ । भने सत्तारुढ दलकै नेताले पनि बिरोध गरेका छन् ।

गत ०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नाकाबन्दी गरी सम्बन्ध बिगारेको भारतले पुन: ओली सरकारकै पालामा नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको हो । जसले पछिल्लो समय नेपाल र भारतबीच सुधारिएको सम्बन्ध के हुने भन्ने प्रश्न उब्जाएको छ ।

Leave a Reply

shares