मलेसियामा एक नेपालीको अचानक बेहोस भएर मृत्यु।

Sharing is caring!

कार्तिक २२

काठमाडौँ,सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा अचानक बेहोस भएर मृत्यु भएको छ । यादभ दुई वर्ष अगाडि बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया गएका थिए।

भिनवार यादव मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बे होस भएर ढलेका थिए । 

अचानक बे होस भएर मृ त्यु भएको भनिएपनि कुन कारणले कसरी मृ त्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका स्रोतले जनाएको छ । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरिएको छ ।

Leave a Reply

shares